RayNewsDaily
शेयर बजार सामान्य वृद्धि

रे समाचार/काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजार सामान्य अंक बढेर बन्द भएको छ । आज शेयर बजार मापक नेप्से परिसूचक ५.६३ अंक बढेर १९६६.२३ विन्दुमा पुगेको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन साढे २ अर्बको शेयर खरिदबिक्री भएकोमा आज ३ अर्ब १२ करोड १२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक उच्च दरमा बढेको छ । आज होटल तथा पर्यटन उपसमूहको परिसूचक ६.९६ प्रतिशतले वृद्धि भएको छ । आज जीवन बीमा, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक भने घटेको छ । 

कारोबार रकमका आधारमा आज नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ । सो फाइनान्सको १६ करोड ९७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, सोल्टी होटलको करिब साढे १४ करोडको शेयर कारोबार भएको छ भने फस्ट माइक्रोफाइनान्स र पोखरा फाइनान्सको साढे ९ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १५:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update