RayNewsDaily
नकाबभित्रका ती मान्छे.......

गजल 

नकाब भित्रका ती मान्छे.......

- श्रीभक्त पौडेल “आफन्त“ 

नकाब भित्रका ती मान्छे, चिन्नु परेको छ 

यहाँ ‘आगो’ बेचेर पानी, किन्नु परेको छ !!

यहाँ ‘पानी’ बेचेर आगो, किन्नु परेको छ ।।

 

भनेको जस्तो जुत्ता, नहुँदा यो दुनियाँमा 

कसम दुबै खुट्टा लुकाई, हिँड्नु परेको छ !!

 

जिन्दगी बन्यो चुनाव टिकट पाउनै मुस्किल 

हार्नेलाई नै पटक-पटक, जित्नु परेको छ !!

 

बनेर गुमनाम आफै, आफ्नै बदनाम गरेर 

आखिर दुश्मनका ढोल, पिट्नु परेको छ !!

 

बुझ्नुस् न ! रेटिनुभन्दा अर्कैका हातबाट 

छुरी बोकेर आफ्नै गला, गिंड्नु परेको छ 

 

यहाँ आगो बेचेर पानी किन्नु परेको छ …..

 

भरतपुर-१६ रामपुर चितवन

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १४:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update