RayNewsDaily
भोटेकोशी बाढीः पोखरामा २१ वटा शवको सनाखत   

कास्की ।  रसुवा भोटेकोशी बाढीपछि उद्धार तथा खोजतलासका क्रममा भेटिएका परीक्षण तथा व्यवस्थापनका लागि पोखरा ल्याइएका १०२ वटा शवमध्ये मङ्गलबार २१ शवको सनाखत गरी परिवारलाई बुझाइएको     
    
 पहिचान हुन नसकेका ७६ शवलाई पोखरा१६ माथिल्लो दीपस्थित सिसौघारीमा सुरक्षित रूपमा व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो     
    
 उहाँका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा अझै पाँच शव रहेका छन् ती शवमध्ये एकभन्दा बढी परिवारले तस्बिर हेरेर दाबी गरेकाले थप परीक्षण गर्न बाँकी लामो समय शवगृहमा राख्दा दुर्गन्ध फैलनाका साथै महामारीको जोखिम हुने भएकाले सुरक्षित रूपमा शव व्यवस्थापन गरिएको हो सबै शवको डिएनए लिएका छौँ परिवारको डिएनए मिलेको अवस्थामा सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न सकिन्छ,” बरालले भन्नुभयो     
    
 धादिङबाट २२, गोरखाबाट सात, नवलपरासीबाट २५ तनहुँबाट प्राप्त २२ शव व्यवस्थापन गरिएको हो शवलाई गहिरो खाडलमा हावा नछिर्ने प्लास्टिकको झोलामा राखेर सङ्केत नम्बर दिई माटोले पुरिएको शव पुरिसकेपछि गमला राखेर शवको सङ्केत नम्बरकोस्ट्यान्डबनाइएको  रासस   

 

प्रकाशित मिति: बुधबार, भदौ १७, २०८३  ०९:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update