कोलम्बियाको जङ्गलमा हराएका बालबालिकाको ४० दिनपछि उद्धार

बोगोटा । कोलम्बियाको जङ्गलमा हराएका बालबालिकाको ४० दिनपछि उद्धार गरिएको छ ।
विमान दुर्घटनामा परी हराइरहेका चारजना बालबालिका कोलम्बियाको जङ्गलमा ४० दिनपछि जीवितै फेला परेका हुन् । ती चारजना बालबालिकालाई कोलम्बियाको जङ्गलबाट उद्धार गरी आज बिहान राजधानी बोगोटा पुर्याइएको छ ।
बालबालिका बोकेको कोलम्बियाई सेनाको मेडिकल विमान स्थानिय समय अनुसार बिहान ५ः३० बजे सैन्य विमानस्थलमा अवतरण भएको समाचार संस्था एएफपी ले जनाएको छ ।
बच्चाहरूलाई तुरुन्तै एम्बुलेन्सबाट अस्पताल पुर्याइएको हो ।
प्रकाशित मिति: शनिबार, जेठ २७, २०८० १५:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय