RayNewsDaily
गाजामा तुरुन्तै युद्धविराम गर्न चीन र फ्रान्सका राष्ट्रपतिको आह्वान
चिनियाँ राष्ट्रपति सी चिनफिङ र उहाँका फ्रान्सेली समकक्षी इमानुएल म्याक्रोनले फ्रान्सको पेरिसको एलिसी प्यालेसमा वार्ताका क्रममा हात मिलाउँदै । तस्वीर : सिन्ह्वा

पैचिङ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको निम्तोमा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले मे ५ तारिखदेखि ७ तारिखसम्म फ्रान्सको राजकीय भ्रमण गर्नुभएको छ। दुई मुलुकका राष्ट्रनायकले मध्य-पूर्व परिस्थितिबारे गहन रुपमा वैचारिक आदान-प्रदान गर्नुभएको छ । यस सम्बन्धमा चीन र फ्रान्सले संयुक्त वक्तव्य पनि प्रकाशित गरेको छ।

सो संयुक्त वक्तव्यमा तुरुन्तै युद्धविराम गर्नु हालको जरुरी कुरा भएको कुरामा दुई मुलुकका राष्ट्रनायकले जोड दिँदै गाजा क्षेत्रमा ठूलो परिमाणमा मानवतावादी उद्धार गर्नुपर्ने कुरामा जोड दिइएको छ । साथै सर्वसाधारणको संरक्षण गर्नुपर्ने, थुनिएका सबै बन्धकहरुलाई शर्तरहित रिहा गर्नुपर्ने, संयुक्त राष्ट्र संघका सम्बन्धित निर्णय प्रस्तावको तुरुन्तै पालना गर्नुपर्ने आह्वान पनि वक्तव्यमा गरिएको छ। सिजिटिएन

 

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १३:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update