RayNewsDaily
शेयर बजारमा निरन्तर गिरावट

रे समाचार/काठमाडौं । साताको दोस्रो कारोबार दिन पनि शेयर बजार घटेरै बन्द भएको छ । गत साताको अन्तिम कारोबार दिनदेखि घट्न थालेको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

आज नेप्से परिसूचक १५.६२ अंक घटेर १९५८.७५ विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो ३ अर्ब ७९ करोडको शेयर खरिदबिक्री भएकोमा आज २ अर्ब ८९ करोड १३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

आज दुई वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । पोखरा फाइनान्स र दोल्ती पावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, पिपुल्स पावर कम्पनीको शेयरमूल्य करिब ८ प्रतिशतले घटेको छ । बोटलर्स नेपाल (तराई)को शेयरमूल्य भने सर्वाधिक ९.०३ प्रतिशतले वृद्धि भएको छ ।

कारोबार रकमका आधारमा आज सिटिजन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो इन्स्योरेन्सको आज ३१ करोड ९८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, नेपाल फाइनान्सको १० करोड ८१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने पोखरा फाइनान्सको करिब १० करोडको शेयर किनबेच भएको छ ।
 

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १५:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update