RayNewsDaily

क्वाङ तोङ, चीन । दक्षिणी चीनको क्वाङ तोङ प्रान्तमा हिजो बिहान द्रुत सडकमार्गको एक भाग ढलेपछि भएको सवारी दुर्घटनामा ४८ जनाको मृत्यु भएको छ । उपचार गरिरहेका घाइतेमध्ये तीन जनाको अझै पहिचान हुनसकेको छैन ।     
     
घाइतेहरुमध्ये सबै जना खतरामुक्त र सुरक्षित रहेको मचौं शहरका अधिकारीहरूले बताएका छन् ।     
     
 सो दुर्घटना मचौं–तापु द्रुतमार्गमा पर्ने मचौ भन्ने स्थानमा भएको थियो । हवाइ तस्बिरले दु्रत सडक मार्गको एकापट्टि ढल्किएको देखाउँछ, जसले गर्दा सवारी साधन दुर्घटनामा परेका थिए । दुर्घटना भएको स्थानमा अहिले पनि खोजी र उद्धारकार्य जारी रहेको छ । 

यसैबीच चीनका राष्टाध्यक्ष सी चिनफिङले दुर्घटनापछि शीघ्र उद्धार र विपद् राहतकार्यका लाग्न निर्देशन दिनुभएको छ ।    
    
चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सीले घटनास्थलमा उद्धार, घाइतेको उपचार र त्यसपछिको अवस्थालाई व्यवस्थापन गर्न सबै प्रयास गर्न निर्देशन दिनुभएको छ ।    
    
दुर्घटनाग्रस्त द्रुत सडक मार्गको च्याङ खण्डमा भूस्खलन हुँदा यो समाचार तयार पार्दा सम्म ४८  जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएको स्रोतलाई उल्लेख गर्दै सिन्ह्वा समाचार समितिले जनाएको छ ।    
    
राष्ट्राध्यक्ष सी चिनफिङले क्षतिग्रस्त सडक मर्मत गर्न र ट्राफिक व्यवस्था सकेसम्म छिटो पुनःस्थापना गर्ने प्रयास गर्न निर्देशन दिनुभएको छ । राष्ट्राध्यक्ष सी ले प्रमुख क्षेत्रका जोखिमको अनुसन्धान गरी जनताको जीवन र सम्पत्तिको सुरक्षासहित सामाजिक स्थिरता सुनिश्चित गर्न पनि निर्देशन दिनुभएको छ । सिन्ह्वा 

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update