RayNewsDaily
  पर्यटनमन्त्रीसमक्ष नेपाल पर्यटक यातायात व्यवसायी संघका माग

रमेश हतुवाली/काठमाडौं । नेपाल पर्यटक यातायात व्यवसायी संघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हित बहादुर तामाङसमक्ष संघले भोग्नु परेका समस्याहरुको बारेमा जानकारी गराउँदै समस्या समाधानका लागि आग्रह गरेको छ । 

Kedarnath Kattel1714141913.jpg

संघका अध्यक्ष बेदराज बास्तोलासहितका पदाधिकारीहरुले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा मन्त्री तामाङलाई भेटी ज्ञापनपत्र मार्फत समस्याहरुबारे जानकारी गराएको हो । ज्ञापनपत्रमा एक्वोस नम्वर प्लेटमा गैसकेपछि पर्यटक सवारी र सार्वजनिक सवारीहरु एकै प्रकारको भइ पर्यटक सवारीहरुको गुणस्तर र सुरक्षित गुडविल पनि लोप हुन सक्ने भएकोले सो को पहिचानको लागि सम्भव भएसम्म पर्यटक एम्वोस नम्वर प्लेटको व्यवस्था गर्न माग गरिएको छ । त्यसैगरी पर्यटक सवारी साधन सञ्चालन गर्ने कम्पनीको नाममा दर्ता रही सञ्चालनमा रहेका रातो प्लेटका सवारी साधनहरुलाई प्रयोजन विपरीतको कार्य भनि ट्राफिक प्रहरीबाट कारवाहीको दायरामा ल्याईएको हुँदा व्यवसायीहरु मर्कामा परेकोले यातायात ऐनमा रहेको व्यवस्थालाई संशोधन गरी रातोप्लेट कायम रहेका सवारी साधनहरुलाई बर्गिकरण गरी कम्पनीको नाममा रहने सवारी साधन व्यवसायीक प्रयोजनामा प्रयोग गर्न पाउने व्यवस्था मिलाउने लगायतका मागहरु रहेका छन् । 

रे टेलिभिजनसँग कुराकानी गर्नुहुँदै नेपाल पर्यटक यातायात व्यवसायी संघका महासचिव केदारनाथ कट्टेलले पर्यटनमा रहेका ट्राभल तथा ट्रेकिङ कम्पनीहरुले लिएको व्यवसायीक इजाजत विपरीत पछिल्ला दिनहरुमा सवारी साधनहरु समेत भाडामा दिने कार्य गरेको पाईएको जानकारी दिनुहुँदै यस्ता विभिन्न समस्याहरुको समाधानका लागि पर्यटन तथा नागरिक उड्डयन मन्त्री समक्ष आवश्यक व्यवस्थाका लागि अनुरोध गरिएको जानकारी दिनुभयो । 

नेपाल पर्यटक यातायात व्यवसायी संघ नेपालभित्र छरिएर रहेका पर्यटक यातायात सवारी साधन सञ्चालनको इजाजत लिई सञ्चालित भएको व्यवसायी कम्पनीहरुको छाता संगठन हो । यस संगठन अन्तर्गत २ सय ५० वटा व्यवसायीक कम्पनीहरु रहेका छन् । 


 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  २०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update