RayNewsDaily
चीन र अमेरिका विदेशमन्त्रीबीच भेट-वार्ता

काठमाडौं ।  चीनका परराष्ट्रमन्त्री वाङ यीले पैचिङमा अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग  आज (अप्रिल २६ तारिख) भेटवार्ता गर्नुभएको छ।

भेटमा वाङ यीले चीन-अमेरिका सम्बन्ध स्थीर रूपमा अघि बढ्ने वा अझै घट्ने भन्ने विषय नै दुई देशसमक्ष देखापरेका ठूला समस्या भएको बताउँदै दुई पक्षको इमानदारी र क्षमताको परीक्षण भइरहेको उल्लेख गर्नुभयो । दुई पक्षले अन्तर्राष्ट्रिय समूहबीच सहयोगको नेतृत्व गरी विश्वव्यापी समस्याहरुको सामना गरेर साझा जीत र बहु-जीतलाई साकार तुल्याउने कि आपसी  प्रतिद्वन्दिता वा भिडन्त बढाएर हार-हार अथवा बहु-हार हासिल गर्ने भन्ने कुरामा अन्तर्राष्ट्रिय समूहले हेरिरहेको पनि वाङ यीले बताउनु भयो । 

चाईना मिडिया ग्रुपका अनुसार परराष्ट्रमन्त्री वाङ यीले जोड दिँदै भन्नुभयो कि, चीनको दृष्टिकोण निरन्तर रुपमा मानव भाग्य समुदायको विश्व भावनाबाट चीन-अमेरिका सम्बन्ध हेर्ने र विकास गर्ने कुरामा चीनको अडान निरन्तर छ।

राष्ट्राध्यक्ष सी चिनफिङले प्रस्तुत गर्नुभएको आपसी सम्मान, शान्ति सह-अस्तित्व, सहयोग गरी साझा फाइदा भन्ने सिद्धान्तको आधारमा चीन-अमेरिका सम्बन्धको स्थीर, स्वस्थ, दीगो विकासमा अडिग रहने चीनको माग निरन्तर छ भने आपसी केन्द्रिय हितलाई समान गर्नुपर्ने र अमेरिकाले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नहुने, चीनको विकासमा दबाव दिन नहुने, चीनको सार्वभौमिकता, सुरक्षा, विकाससम्बन्धी हितमा चीनको रातो रेखा नाघ्न नहुनेमा पनि चीन स्पष्ट रहेको वाङ यीले बताउनु भयो । 
 

 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update