RayNewsDaily
कतारका अमिर अल थानी र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता   

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच आज भेटवार्ता भएको छ । नेपाल भ्रमणमा रहनुभएका कतारका अमिर अल थानी र प्रधानमन्त्री प्रचण्डबीच आज सोल्टी होटलमा द्विपक्षीय भेटवार्ता भएको हो ।    
    
भेटवार्ताका क्रममा नेपाल र कतारका प्रतिनिधिमण्डलबीच द्विपक्षीय हित, आपसी चासो, सम्बन्ध बिस्तार एवं साझा हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिलासम्बन्धी सल्लाहकार रुपक सापकोटाले जानकारी दिनुभयो । द्विपक्षीय भेटवार्तामा नेपालका तर्फबाट उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलगायतका मन्त्रीहरु हुनुहुन्थ्यो । भेटवार्तापछि दुई देशबीचका सञ्चार, खेलकूद, विज्ञान प्रविधि, उद्योग वाणिज्यलगायतका विषयमा पनि सम्झौता एवं समझदारी पत्रमा हस्ताक्षर भएको छ ।    
    
कतारका अमिर अल थानी राष्ट्रपति रामचन्द्र पौडेलको आमन्त्रणमा दुई दिने राजकीय भ्रमणका लागि मङ्गलबार यहाँ आउनुभएको हो । रासस

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update