RayNewsDaily
एक दिन पनि टिकेन शेयर बजारको वृद्धि

रे समाचार/काठमाडौं । साताको दोस्रो कारोबार दिन शेयर बजार घटेर बन्द भएको छ । पाँच कारोबार दिनको निरन्तर गिरावटपछि हिजो देखिएको वृद्धि एक दिन पनि टिक्न सकेन ।

आज शेयर बजार मापक नेप्से परिसूचक १५.४१ अंक घटेर १९६९.०२ विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो २ अर्ब २५ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज २ अर्ब ५ करोड ८३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
आज पिपुल्स पावरको शेयरमूल्य सर्वाधिक ६.९१ प्रतिशतले बढेको छ । त्यसैगरी, प्रभु सेलेक्ट फण्डको इकाईमूल्य ५.८० प्रतिशत बढेको छ भने कुमारी धनवृद्धि योजनाको इकाईमूल्य ५.३३ प्रतिशत बढेको छ । दोल्ती पावरको शेयरमूल्य सर्वाधिक ७.३७ प्रतिशतले घटेको छ । एनआईसी एशिया लघुवित्तको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी घटेको छ ।

कारोबार रकमका आधारमा आज गोर्खाज फाइनान्स शीर्ष स्थानमा रहेको छ । सो फाइनान्सको ११ करोड ४७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, जोशी हाइड्रोपावरको १० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने सर्वोत्तम सिमेन्टको करिब ६ करोडको शेयर किनबेच भएको छ । १३ उपसमूहमध्ये आज एउटा उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ । 
 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update