RayNewsDaily
तोलामा रु सात सयले बढ्यो सुनको मूल्य   

रे समाचार/काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुका मूल्य आज पनि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन प्रतितोला रु सात सयले उकालो लागेको छ ।    
    
 बिहीबार प्रतितोला रु एक लाख ३८ हजार छ सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३९ हजार तीन सय मूल्य निर्धारण भएको छ । यस्तै तेजाबी सुन बिहीबार तोलामा रु एक लाख ३७ हजार नौ सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३८ हजार छ सय ५० निर्धारण भएको छ ।    
    
 त्यस्तै चाँदीको मूल्य भने सामान्य गिरावट भएको छ । बिहीबार प्रतितोला रु एक हजार सात सय २५ मा कारोबार भएकामा आजका लागि भने रु एक हजार सात सय २० निर्धारण भएको छ । रासस   

 

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १२:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update