RayNewsDaily
शेयर बजार निरन्तर घट्दो

रे समाचार/काठमाडौं । केही दिनदेखि लगातार घटिरहेको शेयर बजारमा आज पनि दोहोरो अंकको गिरावट आएको छ । साताको अन्तिम कारोबार दिन आज पनि शेयर बजार मापक नेप्से घटेरै बन्द भएको छ ।

यो साता चारवटै कारोबार दिन नेप्से सूचक नकारात्मक देखिएको छ । आज नेप्से परिसूचक १९.५६ अंकले घटेर १९७२.१४ विन्दुमा झरेका छ । आज कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएको छ । जसमा माइक्रोफाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै १.७२ प्रतिशतले घटेको छ भने विकास बैंक उपसमूहको सूचक पनि १.४६ प्रतिशतले घटेको छ ।

आज खानीखोला हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ७.९४ प्रतिशतले बढेको छ भने पोखरा फाइनान्सको ६.२१ प्रतिशत र मध्य भोटेकोशी हाइड्रोपावरको ५.७० प्रतिशतले बढेको छ । यता रुरु जलविद्युतको शेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले घटेको छ भने गोर्खाज फाइनान्सको ९.३९ प्रतिशत र सिवाइसिएल लघुवित्तको ६.१२ प्रतिशतले घटेको छ ।

आज गोर्खाज फाइनान्सको सबैभन्दा धेरै १७ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने सूर्य ज्योति लाइफ इन्स्योरेन्सको १० करोड ५१ लाख रुपैयाँ र पोखरा फाइनान्सको ७ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update