RayNewsDaily
मनकामना केबलकार शुक्रबार बन्द हुने       

नारायणगढ (चितवन) । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द हुने भएको छ ।    
    
केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले यही वैशाख ७ गते शुक्रबारका दिन केबलकारको सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ । सेवा शनिबारदेखि नियमित सञ्चालनमा आउने प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो ।    
    
चितवनको इच्छाकामना गाउँपालिका-४ कुरिनटारबाट गोरखाको सहिदलखन गाउँपालिका-३ स्थित प्रसिद्ध धार्मिकस्थल मनकामनामाइको मन्दिर जाने भक्तजनको सहजताका लागि विसं २०५५ मा उक्त केबलकार सञ्चालनमा ल्याइएको हो । रासस

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १३:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update