RayNewsDaily
शेयर बजारमा १४ अंकको गिरावट

रे समाचार/काठमाडौं । शेयर बबजारमा आज लगातार चौथो दिन पनि गिरावट आएको छ । शेयर बजार मापक नेप्से आज १४.८१ अङ्कले घटेसँगै परिसूचक १९९१.७१ अङ्कमा आइपुगेको छ । आज ४२ कम्पनीको सेयर मूल्य बढेको छ भने २०० कम्पनीको सेयर मूल्य घटेको छ । २ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ । परिसूचकमा गिरावट आउनुका साथै आज कारोबार रकम पनि घटेको छ । हिजो २ अर्ब ७९ करोड रुपियाँको कारोबार भएकोमा आज आज २ अर्ब १० करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । 

आज दुई वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।  एसबीएल डिबेञ्चर २०८९ र गुर्खाज फाइनान्सको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो । यता रुरु जलविद्युत परियोजनाको सेयर मूल्य भने १० प्रतिशतले घटेको छ । परिसूचक घट्दा कारोबारमा आएका सबै समूहमा गिरावट आएको छ ।

सबैभन्दा धेरै निर्जीवन बीमा समूहको सूचक ७८ अङ्कले घट्दा जीवन बीमा समूहको सूचक ५५ अङ्कले घटेको छ । यस्तै, उत्पादनमूलक समूहको सूचक ३८ अङ्कले घट्दा व्यापार समूहको सूचक २३ अङ्कले घटेको छ । यी बाहेक अरु सबै समूहमा समेत गिरावट आएको छ । आज गुर्खाज फाइनान्सको शेयर सबैभन्दा धेरै कारोबार भएको छ । यो कम्पनीको १७ करोड ५९ लाख रुपैयाँको सेयर किनबेच भएको हो । यसपछि सूर्यज्योति जीवन बीमा कम्पनीको ७ करोड ४३ लाख रुपैयाँको किनबेच भएको छ ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update