RayNewsDaily
समाजवादीका केन्द्रीय सदस्य पाण्डे माओवादी केन्द्रमा       

रे समाचार/काठमाडौं । लामो समयदेखि पूर्वप्रधानमन्त्री एवं  नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईका निकट सहयोगी रहनुभएका विश्वद्वीप पाण्डे नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको छ । नेपाल समाजवादी पार्टीका केन्द्रीय राजनीतिक समितिका सदस्य (केन्द्रीय सदस्य) रहनुभएका पाण्डे आज माओवादी केन्द्रमै फर्किनुभएको हो ।     
    
पाण्डेलाई आज बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गर्नुभएको हो । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल हुँदै उहाँ पछिल्लो समय नेपाल समाजवादी पार्टीमा क्रियाशील रहँदै आउनुभएको थियो ।

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update