RayNewsDaily
ओमानमा मौसमसम्बन्धी दुर्घटनामा १२ जनाको मृत्यु   

दोहा । ओमानका केही प्रान्तमा मौसमसम्बन्धी दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको ओमान समाचार एजेन्सीले आइतबार जनाएको छ ।    
    
 ओमानको आपत्कालीन व्यवस्थापनका लागि राष्ट्रिय समितिको खोजी र उद्धार क्षेत्रलाई उद्धृत गर्दै गाडीलाई तीव्र वेगको पानीले बगाएपछि गाडीमा सवार उनीहरूको मृत्यु भएको जनाएको छ ।    
    
 मृतकमध्ये दुई जना वयस्क, नौ विद्यार्थी र एक जना विदेशी नागरिक रहेको रिपोर्टमा जनाइएको छ । उत्तरी ए’शार्कियाह प्रान्तमा बेपत्ता नागरिकहरूको खोजी तथा उद्धार प्रयास जारी रहेको बताइएको । सिन्ह्वा   

  

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update