RayNewsDaily
वैशाख २ गते  संसद अधिवेशन अन्त्य

रे समचाचार/काठमाडौं । संसदको चालु अधिवेशन २०८१ वैशाख २ गते राति १२ बजेदेखि अन्त्य हुने भएको छ । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको हो । आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता रेखा शर्माले सरकारले राष्ट्रिय सभाको रिक्त सदस्य पदमा डा. अञ्जान शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको बताउनु भयो ।

उहाँले सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ३ बमोजिम दुवै आयोगका अध्यक्ष तथा सदस्यको नियुक्ति सिफारिस गर्न सिफारिस समिति गठन गर्ने निर्णय गरेको बताउनु भयो ।

मन्त्री शर्माले आयोगको अध्यक्षमा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई तोक्ने निर्णय गरेको जानकारी दिनुभयो । त्यस्तै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष वा निजले तोकेको सो आयोगको सदस्य सदस्य रहने व्यवस्था रहेको बताउनु भयो ।

मानव अधिकारवादी, मनोविज्ञान बेत्ता, विधि विज्ञानबेत्ता, द्वन्द्वविद्, समाजशास्त्री, महिला अधिकारकर्मी, शान्ति प्रक्रिया सम्बन्धी व्यक्तिहरुमध्येबाट सदस्यहरु रहने व्यवस्था रहेको उहाँले बताउनु भयो । मन्त्री शर्माले सर्वोच्च अदालतका पूर्वन्यायाधीश जगदीश शर्मा पौडेल सदस्य, डा. अर्जुनकुमार कार्की सदस्य, स्टेला तामाङ सदस्य रहेको सिफारिस समिति बनेको जानकारी दिनुभयो । यसैगरी सरकारले सुन्तलालाई राष्ट्रिय फलको रुपमा मान्यता दिएको छ ।

उहाँले सरकारले संयुक्त राज्य अमेरिकाको ओहायो राज्यको लागि डा. दामोदर पौडेललाई अवैतनिक वाणिदूत पदमा नियुक्ति गरेको छ । 

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update