RayNewsDaily
बाढीको चपेटामा रूस       

मस्को । रूसका केही भागमा तेह्र हजारभन्दा बढी आवासीय भवन डुबानमा परेका छन् ।    
    
अधिकांश बाढीग्रस्त क्षेत्रहरू ओरेनबर्ग क्षेत्रमा रहेको र यहाँ १२ हजार ८०० घरहरू डुबानमा परेका छन् ।    
    
ओरेनबर्ग क्षेत्रमा सात हजार ७०० भन्दा बढी मानिसलाई विस्थापित गरिएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।    
    
ओरेनबर्गको ओस्र्क सहरमा बाढीका कारण छ हजार ७०० आवासीय भवनहरू डुबानमा परेका र दुई हजार ६१६ मानिसहरूलाई विस्थापित भएका छन् ।    
    
तापक्रममा निरन्तररूपमा औसत वृद्धिका कारण रूसको पश्चिमी साइबेरिया, भोल्गा क्षेत्र र केन्द्रीय सङ्घीय क्षेत्रमा हिउँ पग्लिँदा विपत्ति निम्तिएको छ । सिन्ह्वा

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update