RayNewsDaily
शेयर बजार ९ अंकले वृद्धि

रे समाचार/काठमाडौं । शेयर बजार आज सामान्य अंक बढेर बन्द भएको छ । आज शेयर बजार मापक नेप्से सूचक आज ९.१९ अंक बढेर २०३६.०१ विन्दुमा पुगेको छ । आज कारोबार रकम पनि अघिल्लो कारोबारको तुलनामा वृद्धि भई ४ अर्ब १४ करोड ३७ लाख ८३ हजार रुपियाँको शेयर किनबेच भएको छ ।

१३ वटा उपसमूहमध्ये आज तीनवटाका सूचक घटेका छन् भने अन्यका वृद्धि भएको । जसमा फाइनान्स उपसमूह सर्वाधिक २.७९ प्रतिशत, अन्य २.४२ र निर्जीवन बीमा १ प्रतिशतले वृद्धि भएका छन् । आज जानकी फाइनान्सको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसैगरी नेपाल फाइनान्स र पोखरा फाइनान्सको शेयर मूल्य पनि सकारात्मक सर्किटकै हाराहारीमा कारोबार भएको छ । 

सर्वाधिक शेयर कारोबार हुने कम्पनीमा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी, गुरास फाइनान्स, हिमालयन रिइन्स्योरेन्स, नेपाल फाइनान्स र पोखरा फाइनान्स रहेका छन् । 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update