RayNewsDaily
नेपाल हर्ब्स तथा हर्बल उत्पादक सङ्घको १८औँ वार्षिक साधारणसभा सम्पन्न

रमेश हतुवाली/काठमाडौं । नेपाल हर्ब्स तथा हर्बल उत्पादक सङ्घको १८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । आज काठमाडौंको लाजिम्पाटमा आयोजित सो साधारण सभामा सहभागी वक्ताहरुले जडीबुटीको प्रचुर उत्पादन, जडीबुटीजन्य उद्योगको विकास, रोजगारीको प्रवद्र्धन र अर्थतन्त्रमा योगदान लगायतका विविध विषयमा विचार व्यक्त गर्नुभएको थियो । 

Damodar Bhandari-1712585474.jpg

दामोदर भण्डारी, मन्त्री, उद्योग, वाणिज्य तथा आपूर्ति

सो समारोहलाई सम्बोधन गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुलुकको प्राकृतिक स्रोतसाधनमा आधारित उद्योगको विकास, बिस्तार तथा प्रवद्र्धनका पक्षमा रहेको सरकारले सोहीअनुसारको कानुन ल्याउने बताउँनु भयो । सरोकारवाला व्यवसायीको साथ र सहयोगमा विदेशिएका नेपालीलाई स्वदेशमै रोजगारी दिन र आयात न्यूनीकरणसहित निर्यात वृद्धिका पक्षमा आवश्यक नियम कानुन आएपछि जडीबुटीजन्य उद्योगकोसमेत विकास तथा बिस्तार भई राष्ट्रिय अर्थतन्त्र थप चलायमान हुनेछ मन्त्री भण्डारीले बताउनुभयो । मन्त्री भण्डारीले उद्योगी व्यवसायीको रायसुझावका आधारमा १० वटा नयाँ कानुन ल्याउन प्रक्रिया अघि बढाईएको जानकारी पनि दिनुभयो । मन्त्री भण्डारीले उद्योग र लगानीमैत्री वातावरण सृजना गर्न सरकार प्रतिवद्ध रहेको पनि बताउनु भयो । 

Prem Raj Tiwari_1712585524.jpg

 प्रेमराज तिवारी, अध्यक्ष, नेपाल हब्र्स तथा हर्बल उत्पादक सङ्घ

नेपाल हब्र्स तथा हर्बल उत्पादक सङ्घका अध्यक्ष प्रेमराज तिवारीले नेपालमा जडीबुटीको खेती, उत्पादन, निर्यात, रोजगारी सृजना र अर्थतन्त्रको सवलिकरण लगायतका क्षेत्रमा धेरै कामहरु गर्नुपर्ने भए पनि यस क्षेत्रमा सरकारको योगदान प्रयाप्त नभएको गुनासो गर्नुभयो । नेपाली भूमि उर्वर हुँदा हुँदै पनि यहाँबाट वस्तु निर्यात हुनुपर्नेमा मानिसहरु निर्यात भैरहेको बताउनुहुँदै अध्यक्ष तिवारीले हब्र्स तथा हर्बल उत्पादनमा सरकारले लगानी बढाउनु पर्नेमा जोडदिनुभयो । अध्यक्ष तिवारीले नेपालमा अन्तराष्ट्रियस्तरको प्रयोग शाला नहुँदा व्यवसायीहरुले विभिन्न कठीनाईहरुको सामाना गरिरहनु परेको र भन्सार परीक्षणमा ढिलाई हुँदा झनै ठूलो घाटा व्यहोर्नुपर्ने भएकोले यस विषयमा गम्भिर हुन सरकारलाई आग्रह गर्नुभयो । अध्यक्ष तिवारीले हाल जडीबुटीजन्य उद्योगमा करिब एक हजारभन्दा बढी उद्योगी व्यवसायी आबद्ध भएको,  १० लाख नेपालीले रोजगारी पाएको र रु १५ अर्ब लगानीसहित वार्षिक रु पाँच अर्बको कारोबार हुने गरेको जानकारी पनि दिनुभयो ।     

Parbat Gurung_1712585560.jpg

पार्वत गुरुङ, पूर्वमन्त्री तथा हर्बल उत्पादक सङ्घका पूर्वअध्यक्ष 

पूर्वमन्त्री तथा हर्बल उत्पादक सङ्घका पूर्वअध्यक्ष पार्वत गुरुङले मुलुकको भौगोलिक अवस्था र प्राकृतिक स्रोतसाधनका हिसाबले जडीबुटीजन्य उद्योगबाट देश लाभान्वित हुनसक्ने यथार्थलाई दृष्टिगत गरी सोहीअनुसारको नियम कानुन बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । पूर्वमन्त्री गुरुङले नेपालका उर्बर गाउँवस्तीहरु यत्तिवेला उडाज भएको जानकारी दिनुहुँदै राजनीति गर्नेहरुले पनि उत्पादन, व्यवसाय र उद्यममा लाग्नुपर्ने बताउनु भयो । 

Udghatan1712585598.jpg
सो समारोहलाई सम्बोधन गर्नुहुँदै नेपाल आर्युवेद औषधी उत्पादक संघका अध्यक्ष सुमन पाण्डे, जडीबुटी व्यवसायी संघ नेपालका अध्यक्ष देवेन्द्र प्रसाद ढकाल, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणा, निर्यात व्यवसायी महासंघका अध्यक्ष शंकर पाण्डे, नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल, राष्ट्रिय निकुञ्ज विभागका महानिर्देशक डाक्टर सिन्धु प्रसाद ढुंगाना, जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका प्रबन्धक संगीता यादव र नेपाल हब्र्स तथा हर्बल उत्पादक सङ्घका सचिव प्रविण बास्तोला लगायतले लगानीमैत्री नीति, प्रविधि हस्तान्तरण, जडीबुटीखेतीको बिस्तार, सीप विकास, व्यापार मेला, अन्तर्राष्ट्रियस्तरको प्रयोगशाला, अर्गानिक प्रमाणीकरण, बजारीकरण, अनुसन्धान, विद्युतीय कारोबार, कार्गाे भाडादरलगायतका व्यवसायसँग सरोकार राख्ने विषयवस्तुको ध्यानाकर्षण गर्दै लगानीमैत्री वातावरणका लागि सरकारसँग अनुरोध गर्नुभएको थियो ।

Sahabhagi 11712585636.jpg

समारोहमा सङ्घका पूर्वअध्यक्षसहित उत्कृष्ट व्यवसायीहरुलाई सम्मानित गरिएको थियो ।  

  

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update