RayNewsDaily
पाकिस्तानमा वोरिङको पानी पिउँदा पाँच बालबालिकाको मृत्यु     

पाकिस्तान । पाकिस्तानको सिन्ध प्रान्तको सङ्घर जिल्लामा बोरिङको दूषित पानी पिउँदा पाँच बालबालिकाको ज्यान गएको एआरवाई न्युजले शुक्रबार जनाएको छ ।    
    
सङ्घरका उपायुक्तले सङ्घरको नजिकैको हाते पम्पबाट तानिएको दूषित पानीसेवन गर्दा चारदेखि आठ वर्ष उमेर समूहका पाँच जना बालबालिकाको मृत्यु भएको हो ।    
    
एआरवाई न्यूजका अनुसार, विषाक्त पानी सेवनको घटना पछि तुरुन्तै उनीहरूलाई अस्पतालमा लगिएको अधिकारीले जनाएका छन् । पानी सेवन गरेपछि उनीहरूले ज्वरो बान्तालगायतका असहजताको सामना गरेको उपचारको क्रममा बताएका थिए भने उनीहरूको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।    
    
घटनापछि स्वास्थ्य अधिकारीसहितको एक टोली पानीको परीक्षण गर्न उक्त गाउँमा पठाइएको थियो ।    
    
जिल्ला स्वास्थ्य अधिकारीले पानीमा हानिकारक पदार्थ रहेको प्रमाणित गरेपछि कृषिका लागि चलनमा रहेको हातेपम्पसमेत बन्द गरिएको छ । एएनआई   
     
    
  

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  १३:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update