RayNewsDaily
शेयर बजारमा सामान्य गिरावट

रे समाचार/काठमाडौं । शेयर बजार आज सामान्य अंक घटेर बन्द भएको छ । शेयर बजार मापक नेप्से परिसूचकमा १.८५ अंकको गिरावट आई नेप्से परिसूचक २०१०.२१ विन्दुमा पुगेको छ ।

कारोबार रकम पनि हिजोको तुलनामा केही घटेको छ । हिजो २ अर्ब ८७ करोड ४७ लाख ५४ हजार रुपियाँको शेयर किनबेचमा आज २ अर्ब २९ करोड १६ लाख ४५ हजार रुपियाँको शेयर किनबेच भएको छ ।   आज दोस्रो बजारका लगानीकर्ताहरू लघुवित्त कम्पनीहरूमा आकर्षित भएका देखिएको छ । १३ उपसमूहमध्ये लघुवित्त उपसमूहको परिसूचक आज सबैभन्दा बढी वृद्धि भएको छ ।

आज ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ । जसमध्ये लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक १.८९ प्रतिशत बढेको छ । अरु उपसमूहको परिसूचक सामान्य अंक बढेको छ । आज बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत्, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक भने घटेको छ ।

आज शेयरमूल्य बढेका शीर्ष १० कम्पनीहरुमो सूचीमा ९ लघुवित्त कम्पनी परेका छन् । जसमध्ये गुराँस लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने गणपति लघुवित्तको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ । यसैगरी, उपकार लघुवित्तको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ ।

कारोबार रकमका आधारमा आज गोर्खाज फाइनान्स शीर्ष स्थानमा रहेको छ । सो फाइनान्सको १४ करोड ९८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज सर्वोत्तम सिमेन्टको साढे ९ करोडको शेयर कारोबार भएको छ भने तारागाउँ रिजेन्सी होटलको करिब साढे ७ करोडको शेयर किनबेच भएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update