RayNewsDaily
अफगानिस्तानमा विस्फोट हुँदा नौ बालबालिकाको मृत्यु   

काबुल । अफगानिस्तानको गजनी प्रान्तमा बेबारिसे बिस्फोटक पदार्थ बिस्फोट हुँदा नौजना बालबालिकाको ज्यान गएको सरकारी बख्तार समाचार एजेन्सीले सोमबार जनाएको छ ।    
    
आइतबार दिउँसो चारदेखि दश वर्ष उमेर समूहका ती बालबालिकाले बेबारिसे बम खेलाउँदा बिस्फोट भएको थियो । उनीहरु सबैको घटनास्थलमै मृत्यु भएको बख्तारले गजनीका सूचना र संस्कृति विभागका निर्देशक मुल्लाह हमिदुल्लाह निसारलाई उद्धृत गर्दै जनाएको छ ।    
    
गत मार्च २२ मा पनि दक्षिणी हेलमन्ड प्रान्तमा एक बम बिस्फोटमा परेर तीनजना बालबालिकाको मृत्यु भएको थियो भने अन्य दुई जना घाइते भएका थिए ।    
    
अफगानिस्तान विश्वको सबैभन्दा युद्धग्रस्त तथा बढी बारुदी सुरुङयुक्त देशहरू मध्ये एक हो जहाँ विगत चार दशक भन्दा बढी समयदेखिको युद्ध र नागरिक द्वन्द्वका कारण बिस्फोट नभएका उपकरणहरू जथाभावी फालिएका छन् ।  सिन्ह्वा    

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १३:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update