RayNewsDaily
शेयर बजार सामान्य वृद्धि

रे समाचार/काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजार सामान्य अंकले वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ४.७८ अंक बढेर २०३५.६४ विन्दुमा पुगेको छ ।

१३ मध्ये ८ उपसमूहको परिसूचक बढेपछि आज नेप्से सामान्य अंक बढ्न पुगेको हो । विकास बैंक, वित्त, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक वृद्धि भएको छ । नेप्सेसँगै आज कारोबार रकम पनि सामान्य बढेको छ । हिजो २ अर्ब २३ करोडको शेयर खरिदबिक्री भएकोमा आज २ अर्ब ६५ करोड ३३ लाख रुपैयाँको शेयर खरिदबिक्री भएको छ ।

आज दुई वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । हिमालयन ऊर्जा विकास कम्पनी र सर्वोत्तम सिमेन्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी हिमालयन हाइड्रोपावरको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ भने सामलिङ्ग पावर कम्पनीको शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । उन्नति सहकार्य लघुवित्त र धौलागिरी लघुवित्तको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

कारोबार रकमका आधारमा आज सर्वोत्तम सिमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १९ करोड ३७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यसैगरी गोर्खाज फाइनान्सको १६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम १५ करोड नाघेको छ ।
 

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update