RayNewsDaily
सहकारी ठगी प्रकरणमा मेरो संलग्नता छैन : उपप्रधानमन्त्री लामिछानेले       

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्नुभएको छ ।    
    
प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उपप्रधानमन्त्री लामिछानेले सहकारी ठगीमा आफ्नो नाम जोडिए पनि कुनै पनि प्रमाणले त्यसको पुष्टि गर्न नसकेको बताउनुभयो । “सहकारी ठगीको विषयमा केरो नाम छ, तर नाम बाहेक मेरो केही पनि छैन, न त हस्ताक्षर छ, न कुनै ल्याप्चे लगाएको छु, न पत्र आएको छ, न कुनै पत्र पाएको छु । न कुनै मुद्दा आएको छ”, उहाँले भन्नुभयो–, “सहकारी ठगीमा आफ्नो संलग्नता पुष्टि गर्ने अन्य कुनै तथ्य नै छैन, अदालतमा दर्ता गरिएको मुद्दामा पनि म प्रतिवादी छैन ।”    
    
यसैगरी प्रहरी महानिरीक्षक बसन्त कुँवरले सहकारी ठगीको विषयमा प्रहरी समक्ष जाहेरी परे पनि उक्त जाहेरीमा उपप्रधानमन्त्री लामिछानेको कुनै संलग्नता नरहेको बताउनुभयो । “सहकारी ठगी सम्बन्धि उजुरीमा गृहमन्त्रीज्यूको नाम जोडिने गरी कुनै प्रमाण आएको छैन,” उहाँले भन्नुभयो- “उहाँको नाममा सांकेतिक रुपमा मात्रै उजुरी आए पनि कुनै प्रमाण छैन ।”    
    
बैठकमा प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडूले उपप्रधानमन्त्री लामिछानेको नाम जोडिएकाले यस विषयमा स्पष्ट पारिदिन आग्रह गर्नुभयो । “सहकारी ठगीको विषयमा रवि लामिछाने भन्ने नाम जोडिएको छ, त्यो नाम हाम्रा गहृमन्त्रीकै जस्तो रहेछ, तपाइ नै हो ? हो भने तपाईको पनि निष्पक्ष छानबिन जरुरी छ,” उहाँले भन्नुभयो, “यदी छानविनलाई विश्वसनिय बनाउने हो भने केही समयमका लागि तपाई गहृमन्त्रीबाट बाहिर निस्कदा राम्रो हुने छ ।”  रासस

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update