RayNewsDaily
दक्षिण अफ्रिकामा संसदीय निर्वाचनका लागि १४ हजारभन्दा बढी उम्मेदवार मैदानमा         

जोहानेसबर्ग । दक्षिण अफ्रिकामा मे २९ मा हुने नेसनल एसेम्ब्ली र नौ वटा प्रान्तीय व्यवस्थापिकाको लागि हुने ८८७ सीटमा प्रतिस्पर्धाका लागि १४ हजार ६६२ उम्मेदवारहरूले नामावली दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।    
    
राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले पेस गरेको उम्मेदवारको सूची आयोगले मङ्गलबार सार्वजनिक गरेको होे ।    
    
निर्वाचनका लागि सबैभन्दा ठूलो मतपत्रमा ५६ जना उम्मेदवारहरूको नामावली रहने आयोगले जनाएको छ ।    
    
दक्षिण अफ्रिकामा कुनै अपराधमा दोषी ठहरिएको र जरिवानाको विकल्पबिना १२ महिनाभन्दा बढी जेल सजाय भएको व्यक्तिले चुनाव लड्न नपाउने कानुनी ब्यबस्था छ ।    
    
यसैगरी आइइसीले चुनाव लड्ने उम्मेद्वारहरूको अन्तिम सूची अप्रिल १० मा प्रकाशित हुने जनाएको छ । सिन्ह्वा

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १४:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update