RayNewsDaily
प्रधानमन्त्रीद्वारा पोखरालाई पर्यटकीय राजधानी घोषणा   

गण्डकी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्नुभएको छ । फेवाताल छेउको बाराहीघाटमा आज आयोजित समारोहमा प्रधानमन्त्री दाहालले सो घोषणा गर्नुभएको हो । त्यसअघि प्रधानमन्त्रीले पर्यटन राजधानीको लोगो सार्वजनिक तथा स्मृति स्तम्भ अनावरण गर्नुभएको थियो ।   

RBT_Gandaki-image_504376331710668868.jpg

यसैबीच पोखरा पर्यटन परिषद्ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको मागलगायतका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मागपत्र बुझाएको छ ।

परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ नेतृत्वको टोलीले आज पोखरामा प्रधानन्त्रीलाई भेटेर मागपत्र बुझाएको हो । पोखरा जोडने मुख्य सडकहरुको अवस्था विकराल रहेको र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्म अन्तर्राष्ट्रिय उडान नियमित हुन नसकेको भन्दै परिषद्ले ध्यानाकर्षण गराएको हो । परिषद्ले छिटो उडान सञ्चालनको अनुरोध समेत गरेको छ ।

RSS14-04-571710668994.jpg

मागपत्रमा पर्यटन व्यवसायीले केही वर्षयता एकपछि अर्काे सङ्कटको सामना गर्नुपरेको उल्लेख छ । अर्थतन्त्रमा शिथिलता पैदा हुँदा लगानी सङ्कटमा रहेको र रोजगारी घटेको भन्दै परिषद्ले व्यवसायीलाई ऋण तिर्न सक्ने समय र उत्प्रेरणा आवश्यक रहेको जनाएको छ ।

पर्यटन बोर्डको पुनःसंरचनासहित हाल रिक्त कार्यकारी बोर्ड सदस्यमा  पोखराको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग गरिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नेपाल एयरलाइन्सबाटै सुरु गरी अन्य एयरलाइन्सलाई पनि सुविधासहित प्याकेज दिई प्रोत्साहनको माग गरिएको छ । 

RSS-2024-03-17-14-04-341710669044.jpg

गत वर्ष नवौँ राष्ट्रिय प्रतियोगिताका क्रममा दुर्घटना भई एक खेलाडीको मृत्यु भएपपछि नेपाल नागरिक उड्डयन प्रधिकरणले प्याराग्लाइडिङको एकल उडान बन्द गरेको थियो । उडान बन्द हुँदा खेलाडीले अभ्यास गर्न नपाउँदा खेलाडीको मनोविज्ञानमा असर परेकोे परिषद्ले मागपत्रमा जनाएको छ । रासस 

RSS-2024-03-17-14-04-431710669087.jpg

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update