RayNewsDaily
जिप दुर्घटनामा मृत्यु हुनेकाे संख्या सात पुग्यो  
धरानबाट आज भोजपुरको घोरेटार आउँदै गर्दा को१ज २५९३ नम्बरको उदयपुरको मैनामैनीमा दुघर्टना भएको जीप । उक्त जीप दुर्घटना हुँदा एक बच्चासहित सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । तस्बिर सौजन्यः नेपाल प्रहरी/रासस

टक्सार (भोजपुर) । धरानबाट भोजपुरको दक्षिण घोरेटार आउँदै गरेको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार दुर्घटनामा परी एक बच्चा, तीन पुरुष र तीन महिलाको मृत्यु भइसकेको छ ।    
    
को१ज २५९३ नम्बरको जिप आज १ः३० बजेतिर उदयपुरको बेलका-७ बाखाकुवामा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएकालाई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ । जिपमा १४ जना सवार थिए । ओरालो सडकमा क्षमताभन्दा बढी यात्रु भएकाले पनि दुर्घटनामा भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।    
    
जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दलकुमार राईले चालक मानबहादुर बस्नेतबाहेक अन्य मृतकको सनाखत हुन नसकेको बताउनुभयो । जिप सडकबाट करिब तीन सय मिटर तल जिप खसेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १४:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update