RayNewsDaily
मलेसियाविरुद्धको सिरिज नेपाललाई 

कुवलालम्पुर । अन्तिम तथा निर्णायक खेलमा मलेसियनलाई पराजित गर्दै नेपाली महिला क्रिकेट टोलीले मलेसियाविरुद्धको पाँचौं खेलको महिला टी–२० आई सिरिज आफ्नो नाम गरेको छ ।


आइतबार सम्पन्न खेलमा  मलेसियालाई ३ विकेटले पराजित गर्दै नेपालले ३–२ ले सिरिज कब्जा रहेको हो । मलेसियाले दिएको १ सय १० रनको लक्ष्य नेपालले १९ दशमलव २ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो ।

नेपालका लागि सीता राना मगरले सर्वाधिक ३४ रनको महत्वपूर्ण इनिङ खेल्नु भयो । कप्तान रुबिना क्षेत्रीले २३ रनको योगदान दिनु भयो । मलेसियाका लागि ऐना हामिजाह हाशिमले २ विकेट लिनु भयो । 

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९ रन बनाएको थियो । मलेसियाका लागि वान जुलियाले सर्वाधिक ४७ रन बनाउनु भयो । विनिफ्रेड दुराईसिंघमले २४ रन र इज्जाती इस्माइलले २० रन बनाउनु भयो । नेपालका लागि कविता जोशीले २ विकेट लिनु भयो । पहिलो खेलमा ५ विकेटले पराजित नेपालले दोस्रो खेलमा ७ विकेटको जित दर्ता गरेको थियो । तेस्रो खेलमा नेपालले २७ रनको जित दर्ता गर्दा चौथो खेल मलेसियाले ६ विकेटले जितेको थियो ।

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १३:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update