गर्मी बढेपछि एकसाता विद्यालय बन्द

सिन्धुली । केही दिनदेखि गर्मी बढेपछि दुधौली नगरपालिकाले विद्यालय बन्द गरेको छ । गर्मीका कारण पठन–पाठनमा समस्या भएको जनाउँदै नगरपालिकाले एक साताका लागि विद्यालयमा गर्मी बिदा दिएको हो ।
नगरप्रमुख दिनश अधिकारीले गर्मीका कारण पठनपाठनमा समस्या भएको जनाउँदै एकहप्ता सामुदायिक र संस्थागत विद्यालय बन्द गर्न निर्देशन दिएको जानकारी दिनुभयो । हाल सञ्चालन भइरहेको कक्षा ११ को परीक्षा भने यथावत रहने उहाँले बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८० ०८:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय