RayNewsDaily
नाइजेरियामा ३०७ जना अपहरणकारी पक्राउ       

अबुजा । नाइजेरियाली प्रहरीले राजधानी अबुजाका विभिन्न ठाउँमा गरेको पछिल्लो छापामार कारबाहीका क्रममा ३०७ जना संदिग्ध अपहरणकारीलाई पक्राउ गरेको छ ।

संघीय राजधानी क्षेत्रका प्रहरी प्रमुख बेनेथ इग्वेहले पत्रकार सम्मेलनमा दिएको जनाकारी अनुसार खोजतलास अबुजाको देई-देई-जुबा अक्षको क्षेत्र गिदान डाम्बेमा गरिएको थियो । त्यस क्षेत्रमा छिमेकी नाइजरबाट शंकास्पद रूपमा अपहरणकारीहरूको बसोबास रहेको बताइएको छ।    
"त्यस क्षेत्रमा छापा मार्दा २९३ पुरुष र १४ महिला संदिग्ध अपरहणकारीहरूलाई पक्राउ गरिएको," इग्वेहले बताउँनु भएको छ। 

संदिग्धहरूबाट हातहतियार र अन्य खरखजाना बरामद भएको बताइएको छ । प्रहरीले छापा मार्दा उनीहरूको साथबाट अवैध लागुऔषध तथा आपराधिक कार्यमा प्रयोग हुने मोटरसाइकल समेत फेला परेको छ । "संदिग्ध व्यक्तिहरूमाथि अनुसन्धान भइरहेको छ । सिन्ह्वा

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update