RayNewsDaily
चीनमा आजदेखि नयाँ वर्ष सुरु, हर्षउल्लास साथ वसन्त चाड मनाईँदै

रमेश हुतुवाली/काठमाडौं । चिनियाँ जनताको सबैभन्दा ठूलो वसन्त चाड आजदेखि विभिन्न कार्यक्रमहरुको आयोजना गरि भव्य रुपमा मनाईँदै । मीठो खाने र राम्रो लगाउने मात्र नभई आपसमा अभिवादन साटासाट गर्ने ,सबैको उन्नति र प्रगतिको कामना समेत गरिने भएकोले चिनियाँ समाजमा यस चाडको विशेष महत्व छ ।

Chinese New Year 2024-D1707532876.jpg

स्वदेश वा विदेशमा रोजगारी अथवा अध्ययनका लागि गएकाहरु पनि यस चाडमा घर फर्किने हुनाले वसन्त चाडलाई पारिवारिक पुनरमिलनको चाड पनि भनिन्छ । यस चाडको अवसरमा चीनका अधिकांश सडक, पार्क, शैक्षिक संस्था, शहरदेखि ग्रामिण क्षेत्रका बस्तिसमेत विभिन्न रंगीचंगी ध्वाज पताका र विजुली वत्तिले सृगार गरेर सजाईएको छ ।

Chinese New Year 2024-B1707532914.jpg

वसन्त चाडको उपलक्ष्यमा चीनका राष्ट्राध्यक्ष तथा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी चिन फिङले पार्टी केन्द्रीय समिति र राज्य परिषदको तर्फबाट सबै जातिका जनता, देश भरका समूहहरु, हङकङ विशेष प्रशासनिक क्षेत्र, मकाओ विशेष प्रशासनिक क्षेत्र, ताइवान र विदेशमा रहेका चिनियाँहरुलाई बसन्त चाडको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

Chinese New Year 2024-A1707532950.jpg

वसन्त चाड चिनियाँ जनताको सबैभन्दा ठूलो चाड हो, यस चाडलाई चिनिया भाषामा छुन् च्ये भनिन्छ । यो पारिवारिक पुनःमिलनको पर्व हो। आफ्नो गाउँघर छोडेर कामका लागि स्वदेश वा विदेश गएका अधिकाँश चिनियाँहरू यस चाडमा घर फर्कन्छन् ।

चिनियाहरुले मनाउने वसन्त चाड नेपालीहरुले मनाउने दशैं जस्तै हो । वसन्त चाडको अवधिलाई विश्व कै सबैभन्दा विशाल मानव स्थानान्तरण पनि भनिन्छ। चिनियाँहरूले परम्परागत चलन अनुसार नयाँ वर्षभन्दा पन्ध्र दिनअघि घरको सरसफाई गर्दै भान्छादेवको पूजाबाट शुरू गरी यस चाडमा मीठा मीठा परिकार तयार पार्ने, विभिन्न रंगी विरंगी ध्वजापतकालेघर सजाउने र नयाँ वर्षको पूर्वसँध्यामापरिवारका सबै सदस्य बसेर माछा, सुङ्गुरको खुट्टा र ममचा खाने, पटाका पड्काउने र देशविदेशको भ्रमण गरी नयाँ वर्षपछिको पन्ध्र दिनमा मनाईने लालटिन पर्वसँगै वसन्त चाडलाई विदा गर्छन्। वर्षभरिका लागि सुख शान्ति र बैभबका लागि हरेक घरका ढोकामा विशेषतायुक्त चित्रहरू टाँस्ने पनि गरिन्छ यस वसन्त चाडमा।

त्यसै गरेर यस पर्वका अवधिमा सरकारले राष्ट्रिय विदाको घोषणा गर्दछ। नेपालमा पनि दशैँका अवशरमा सरकारी विदा हुने गर्दछ अनि कम्पनीहरूले पनि आफ्नो नियम र परिधिबमोजिम् आफ्ना कर्मचारीलाई बोनस दिने र विदा पनि दिने गरेको पाइन्छ। चिनियाँ चन्द्रपात्रोअनुसार यो पर्वबाट नै चिनियाँ नववर्ष सुरु हुने गर्दछ र यो उत्सव नै चिनियाँ तथा चिनियाँ मूलका मानिसहरुका लागि सबैभन्दा ठूलो पर्ब हो। यस वर्ष चिनियाँहरु ड्यागन वर्ष भव्य रुपमा मनाउदैछन् ।

 

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  ०८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update