काठमाडौं । नेकपा एमालेले केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्न केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । अध्यक्ष केपी शर्मा ओलीले आज शुक्रबार बिहान बस्नेगरी सचिवालय बैठक बोलाउनु भएको हो ।
बैठक शुक्रबार बिहान साडे ११ बजे बस्ने छ । बैठकमा केन्द्रीय सदस्यहरुको कार्यविभाजन मुख्य एजेण्डा रहेको एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनु भयो ।
यसअघि बैशाख अन्तिम साता बसेको एमाले केन्द्रीय कमिटी बैठकले २०८० साललाई संगठन सुदृढीकरण बर्षका रुपमा अघि बढाउने र त्यसका लागि सवै केन्द्रीय सदस्यहरुलाई जिम्मेवारीसहित फरक भूगोलमा पठाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार सचिवालय बैठकले नेताहरुलाई कार्ययोजनासहित जिम्मेवारी दिएर जिल्ला पठाउन लागेको हो ।
यसका साथै सचिवालय बैठकमा पार्टीको आन्तरिक तथा राजनीतिक एवं समसामयिक विषयमा छलफल हुने गुरुङले जानकारी दिनु भयो । साथै बैठकमा नागरिकताको विषय र बजेटको विषयमा पनि छलफल हुने गुरुङले बताउनु भयो ।
