RayNewsDaily
सन्दीप र मुख्य प्रशिक्षक मोन्टी बिना क्रिकेट टोली दक्षिण अफ्रिका प्रस्थान 

काठमाडौं । आइसिसी विश्वकप एकदिवसीय छनोटको लागि अन्तिम तयारीमा रहेको नेपाली क्रिकेट टोली दक्षिण अफ्रिका प्रस्थान गरेको छ ।
मुख्य प्रशिक्षक मोन्टी देशाई र स्पिनर सन्दीप लामिछाने भने टोलीसंगै अफ्रिका जानु भएको छैन । नेपालका प्रमुख स्पिनर सन्दीप बलात्कार आरोपको पेशी र मोन्टी भिसाको कारण टोलीसँग जानु भएको हैन । सन्दीप दक्षिण अफ्रिका जाने सम्भावना निकै कम छ । मोन्टी भिसा प्राप्त भएपछि त्यसतर्फ प्रस्थान गर्नु हुनेछ ।

क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले सन्दीपको अन्तिम फैसला नआएसम्म विदेश भ्रमणमा नपठाउने बताउनु भयो । मुख्य प्रशिक्षक मोन्टी अमेरिका जानु भएको थियो । तर भिसा नलागेपछि उहाँ आज बिहानै भारत पुग्नु भएको छ । नेपाली टोली दक्षिण अफ्रिकाबाट जेठ १८ गते जिम्बावे जानेछ । त्यसको एक दिनपछि नेपालले युएईसँग वार्मअप खेल खेल्नेछ ।

नेपालले जेठ ३० गते युएई र जेठ ३२ गते ओमानसँग वार्मअप खेल खेल्नेछ । एक हप्ताको तयारीपछि नेपाल जेठ २८ गते जिम्बावे लाग्नेछ । नेपालले दक्षिण अफ्रिकामा नेदरल्यान्ड्स र स्कटल्यान्डसँग वार्मअप खेल खेल्ने कार्यक्रम छ । नेपालले विश्वकप छनोट अघि खेल्ने चारै वार्मअप खेल एसोसिएट टोलीविरुद्ध हुनेछन् । प्रतियोगिता समूह ए मा नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स छन् । समूह बी मा आयरल्यान्ड, श्रीलंका, युएई, स्कटल्यान्ड र ओमान छन् । प्रतियोगिता असार ३ देखि २४ गते सम्म जिम्बावेमा हुनेछ ।


 

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  ०८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update