RayNewsDaily
रुपन्देहीमा बालिकाको हत्या    

    
भैरहवा (रुपन्देही) । रुपन्देहीको मर्चवारी गाउँपालिका-१ इस्लामपुरमा एक बालिकाको हत्या भएको छ । स्थानीय सात वर्षीया नन्दनी कुर्मीको हत्या भएको हो । उनको शव मर्चवारी-१ इस्लामपुरमा आज फेला परेको हो ।     
     
कुर्मी शुक्रबारदेखि हराइरहेकी थिइन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मनोहर भट्टका अनुसार कुर्मीको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्यामा संलग्न रहेको आशङ्कमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक भट्टले बताउनुभयो । रासस    
   

प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  १२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update