RayNewsDaily
एनसेलको शेयर खरिदबिक्री प्रकरणमा सर्वोच्च अदालतद्वारा कारण देखाऊ आदेश जारी 

रे समाचार/काठमाडौं । विवादित दूरसंचार प्रदायक कम्पनी एनसेलको शेयर खरिदबिक्री भएको विषयमा दायर भएको रिटमा सर्वोच्च अदालतले आज कारण देखाऊ आदेश जारी गरेको छ ।

प्रतिनिधि सभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले गत मङ्सिर २२ गते शुक्रबार  दायर गर्नुभएको उक्त रिटमा मङ्गलबार सुनुवाइ गर्नुहुँदै सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतले सो आदेश दिनुभएको हो । सांसद सिंहले एनसेल शेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको शेयर खरिदबिक्री भएको सांसद सिंहले रिट निवेदनमा उल्लेख गर्नुभएको छ । न्यायाधीश राउतले उक्त रिटमा कारण देखाऊ आदेश जारी गर्नुहुँदै अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेश दिनुभएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update