RayNewsDaily
प्रस्तावित न्यायाधीसद्वय पौडेल र ढुङगानाको संसदीय सुनुवाइ   

काठमाडौं । सर्वाेच्च अदालतका प्रस्तावित छमध्ये दुई जनाको आज संसदीय सुनुवाइ भएको छ । सङ्घीय संसद् संसदीय सुनुवाइ समितिसमक्ष उपस्थित भई उच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गानाले आफ्नो कार्ययोजना प्रस्तुत गर्नुभयो ।    
    
उहाँहरुले न्याय ढिलो र महँगो भएको स्वीकार्दै संविधानको संरक्षण र संवैधानिक नैतिकताको सुदृढीकरण, अदालतको क्षेत्राधिकार पुनरावलोकन, पाँचौँ रणनीति योजनाको तर्जुमा र कार्यान्वयनको प्रभावकारिताका लागि प्रतिबद्धता व्यक्त गर्नुभयो ।    
    
पुराना बक्यौता मुद्दा न्यूनीकरणका लागि विशेष सक्रियता, फरक मुद्दा पद्धतिको प्रभावकारी कार्यान्वयन, अदालतबाट भएका फैसलाको कार्यान्वयनको सुनिश्चिता, पीडित क्षतिपूर्ति प्रणालीको प्रभावकारी कार्यान्वयन पहल गर्ने विषयमा पनि प्रस्तावित न्यायाधीशद्वयले जोड दिनुभयो ।    
    
न्यायिक सुशानमा समर्पण र जोड, सजाय निर्धारणसम्बन्धी मार्गदर्शको विकास र विस्तार, न्यायमा पहुँच अभिवृद्धि, न्यायपालिकाको वस्तुस्थिति र विश्लेषण, न्याय सम्पादनका मार्गदर्शक आधारसहितको कार्ययोजना र प्रतिबद्धता उहाँहरुले प्रस्तुत गर्नुभयो । यसअघि सर्वाेच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय सारङ्गा सुवेदी र अब्दुल अजिज मुसलमानको संसदीय सुनुवाइ भइसकेको छ भने सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको आगामी बैठकमा सुनुवाइ हुनेछ । रासस

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update