RayNewsDaily
धनुषामा ६ वर्षीया बालिकाको हत्या   

महेन्द्रनगर (धनुषा) । धनुषामा एक बालिकाको हत्या भएको छ । सबैला नगरपालिका-९ कुसमहा सतोखरकी ६ वर्षीया बालिका राखी यादवको हत्या भएको हो ।    
    
बालिकाको शव नग्न अवस्थामा सतोखर पोखरी नजिक खाल्डोमा जमेको पानीमा गए राति फेला परेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव निरीक्षक रञ्जन अवालेले जानकारी दिनुभयो । बालिकाले लगाएका लुगा पोखरी छेउमा फेला परेको उहाँले बताउनुभयो ।    
    
बालिकाको बलात्कार गरी हत्या गरेको हुन सक्ने इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ । शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ । घटनामामा संलग्न भएको आशङ्कामा दुई जनालाई पक्राउ गरिएको प्रवक्ता अवालेले बताउनुभयो । रासस     
   
  

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १२:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update