RayNewsDaily
 देशभरका कानून व्यवसायीहरु चितवनको सौराहामा 

रे समाचार/ काठमाडौं । देशभरका कानून व्यवसायीहरु आज चितवनको सौराहामा भेला भएका छन् । नेपाल बार एशोसिएशनले आयोजना गरेको मानव अधिकारसम्बन्धी राष्ट्रिय गोष्ठी र ४९औँ केन्द्रीय कार्यकारिणी परिषद् बैठकमा सहभागी हुन उनीहरु सौराहामा पुगेका हुन् ।    

Nepal Bar Bhela Chitwan 31702193318.jpg
     
रापती नदी किनारबाट बिहान सबेरै प्रभातफेरीको आयोजनागरी कानून व्यवसायीहरुको भेला सुरु भएको हो । औपचारिक कार्यक्रम अन्तर्गत मानव अधिकारसम्बन्धी राष्ट्रिय गोष्ठीको सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईले उद्घाटन गर्नुभएको छ । गोष्ठीमा देशभरका एक हजारभन्दा बढी कानून व्यवसायी सहभागी भएका छन् ।  

Nepal Bar Bhela Chitwan 51702193358.jpg   
 नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले दिनुभएको जानकारी अनुसार दुई दिनसम्म सञ्चालन हुने सो गोष्ठीमा मानव अधिकारको अवस्था, पश्चिम एशियमा जारी द्वन्द्वलगायतका विभिन्न विषयमा छलफल हुने कार्यक्रम रहेको छ । अध्यक्ष घिमिरेले भन्नुभयो, “इजरायलमा रहेका नेपालीहरुको विषयलाई लिएर नेपाल बार एशोशिएसन गम्भीर छ । दुर्भाग्यपूर्ण अवस्था सृजना हुँदा इजरालयमा १० जना नेपाली विद्यार्थीको ज्यान गयो । त्यहाँको अवस्थालाई लिएर हामीलाई चिन्ता छ ।” अहिले पनि नेपाली विद्यार्थी विपिन जोशी हमासको कब्जामा रहनु भएको र उहाँको रिहाइका लागि आवाज उठाइने उहाँले बताउनुभयो ।   

Nepal Bar Bhela Chitwan 41702193415.jpg

उच्च अदालत बार एशोसिएशन पाटनका पूर्वसचिव अधिवक्ता चिरञ्जीवि खतिवडाका अनुसार नेपाल बारले आयोजन गर्ने यस्ता गोष्ठी र भेलाले कानून व्यवसायीहरुबीच अनुभव आदानप्रदान गर्न थप सहयोग पुर्याउने रे टेलिभिजनलाई बताउनु भयो । उच्च अदालत बार एशोसिएशन विराटनगरका उपाध्यक्ष अधिवक्ता कला त्रितालले देशभरका कानून व्यवसायीहरुको सौराहामा आयोजना भएको भव्य भेलाले मानवअधिकारका विविध पक्षमा अनुभव आदान प्रदान हुने, व्यवसाय सञ्चालनका क्रममा भोग्नु परेका विभिन्न समस्या र उल्झनहरुका बारेमा अन्तरक्रिया हुने र पेसाप्रतिको प्रतिवद्धता अझ वलियो हुने प्रतिक्रिया दिनुभयो । 

सौराहाका होटल व्यवसायीहरुले नेपाल बारको भेलाले केही हदसम्म भए पनि आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने र आर्थिक लाभ हुने बताएका छन् । 


  
 

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update