RayNewsDaily
राष्ट्रपति पौडेल आज भूकम्प प्रभावित क्षेत्रमा जानुहुँदै   

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाँदै हुनुहुन्छ ।    
    
गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित क्षेत्रका नागरिकको अवस्था बुझ्न राष्ट्रपति पौडेल आज त्यस क्षेत्रमा जान लाग्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।    
    
भूकम्पपछि मुलुकमा आाइपरेको प्राकृतिक विपत्तिको अवस्थामा मुलुक बाहिर जानु उपयुक्त नभएकाले राष्ट्रपति पौडेलले यही कात्तिक २२ गतेदेखि तय भएको आफ्नो युरोप भ्रमण स्थगित गर्नुभएको छ ।    

 

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  ०७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update