RayNewsDaily
रास्वपाको निर्देशन : चाडपर्वमा उपहार नलिनू, नागरिकको विश्वास नै ठूलो उपहार
रास्वपाका महामन्त्री विपिनकुमार आचार्य
  • चाडपर्वमा उपहार आदानप्रदान नगर्न नेता-कार्यकर्तालाई निर्देशन ।
  • नागरिकको सद्भाव र विश्वास नै राजनीतिमा ठूलो उपहार : रास्वपा ।
  • सुसंस्कृत राजनीतिक संस्कार निर्माणमा जोड ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्दा उपहार लिनेदिने नगर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले आज शुभकामना सन्देश जारी गर्दै पार्टीले स्थापनाकालदेखि नै चाडपर्वका अवसरमा उपहार आदानप्रदानलाई निरुत्साहित गर्दै आएको स्मरण गराउनुभएको छ ।

“राजनीतिमा नागरिकको सद्भाव, आशीर्वाद र विश्वास नै सबैभन्दा ठूलो उपहार हो”, उहाँले भन्नुभएको छ ।

चाडपर्वको मूल सन्देश निःस्वार्थ प्रेम, सद्भाव र आत्मीयता भएको उहाँले बताउनुभएको छ ।

महामन्त्री आचार्यले सुसंस्कृत राजनीतिक संस्कार निर्माणका लागि सबैको साथ र सहयोगको अपेक्षा गर्दै स्वदेश तथा विदेशमा रहेका नेपालीमा चाडपर्वको शुभकामना व्यक्त गर्नुभएको छ । रासस

प्रकाशित मिति: शनिबार, असोज ३१, २०८३  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update