गणेशकुमार सुवेदीको “जन्मभूमि साङपाङ र कर्म अनुभूति” पुस्तक विमोचन

रमेश हतुवाली/विराटनगर । लेखक गणेशकुमार सुवेदीद्वारा लिखित “जन्मभूमि साङपाङ र कर्म अनुभूति” पुस्तक विमोचन गरिएको छ । 

IMG_20261107_122514-1794195293.jpg
सुवदीको सो पुस्तक एक भव्य समारोहबीच मोरङ जिल्लाको सुन्दर हरैचा नगरपालिका वडा नम्वर ५ स्थित बुढीखोलाको पुलदेखि उत्तरी किनारामा हिजो शनिबार विमोचन गरिएको हो । सरकारी सेवामा ३० वर्ष विताउनु भएका सुवेदीको सो पुस्तकमा भोजपुर जिल्लाको साङपाङ र देउरालीको राजनीतिक इतिहास, साङपाङका पूर्वजहरु, साङपाङमा शिक्षाको विकास, साङपाङको धर्म, संस्कृति, रहनसहन, कृषि लगायतका विभिन्न विषयहरु समेटिएका छन् । ३४८ पेजमा समेटिएको सो पुस्तकको बजार मुल्य ५ सय राखिएको छ ।

IMG_20261107_132310-1794195376.jpg
पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्नुहुँदै लेखक सुवेदीले तीस वर्ष लामो सरकारी सेवामा रहँदा आफुले भोगेका विभिन्न अनुभव र जन्मभूमि साङपाङ गाउँमा देखेका, भोगेका र सुनेका अनेकन विषयहरुलाई पुस्तकमा समेट्ने प्रयास गरेको जानकारी दिनु भयो ।

IMG_20261107_121054-1794195439.jpg
साङपाङ गा.वि.स. भोजपुरका पूर्वअध्यक्ष भूमिदल राईले विमोचित पुस्तक आफैमा महासागर भएको जानकारी दिनुहुँदै सो पुस्तक साङपाङवासीको अमूल्य सम्पत्ति भएको टिप्पणी गर्नुभयो ।

IMG_20261107_124713-1794195466.jpg
संविधान सभाका सदस्य सावित्री कुमार काफ्लेले लेखक सुवेदीले पुस्तक मार्फत विश्वका कुना कुनामा फैलिएका साङपाङवासीलाई जन्मभूमितर्फ फर्काउनु भएको बताउनु भयो ।

IMG_20261107_124710-1794195510.jpg
समारोहमा खेममणी काफ्ले, कुमार सुवेदी, माधव राई, हस्त बहादुर तामाङ, भजन सुवेदी लगायतका वक्ताहरुले पुस्तकका विविध पक्षमा चर्चा गर्नुभएको थियो । लोकप्रिय पत्रकार तथा शिक्षक राजेन्द्र किरातीले सञ्चालन गर्नुभएको सो समारोहमा आस्था सुवेदी र छायाँ सुवेदीले लोकनृत्य प्रस्तुत गर्नुभएको थियो । सो समारोहमा पुस्तक विमोचनसँगै साङपाङे डबली ग्रुप नेपालको समेत अनुमोदन गरिएको थियो ।

पछिल्ला दिनहरुमा पठन संस्कृतिलाई डिजिटल माध्यमले विस्थापित गर्दै लगेको अवस्थामा पनि विभिन्न चुनौतीहरुको सामना गर्दै पुस्तक प्रकाशन गर्नु महत्वपूर्ण भएको सीजीटिएन फ्यान क्लव नेपालका संयोजक लोकेन्द्र काफ्लेले बताउनु भयो ।

प्रकाशित मिति: आइतबार, कात्तिक २२, २०८३  ०९:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update