सभापति लामिछानेसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

काठमाण्डू । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गर्नुभएको छ ।    
     
नेपालको दुईदिने औपचारिक भ्रमणमा आउनुभएका भारतीय विदेश सचिव मिस्रीले सभापति लामिछानेसँग शिष्टाचार भेटवार्ता गरेको उहाँको सचिवालयले जनाएको छ । उक्त शिष्टाचार भेटवार्तामा सभापति लामिछानेले आफ्नो विगतमा भएको भारतको औपचारिक भ्रमणको चर्चा गर्दै आगामी दिनमा दुई मुलुकबीचमा हुन लागेका उच्चस्तरीय भ्रमणहरूको सफलताका लागि शुभकामना दिनुभयो । साथै, उहाँले दुई देशबीच विकास तथा आर्थिक कूटनीतिमा नेपालले जोड दिइरहेको उल्लेख गर्नुभयो ।    
    
 भेटवार्तामा सभापति लामिछाने र विदेश सचिव मिस्रीबीच नेपाल तथा भारतबीचको बहुआयामिक सम्बन्धका विषयमा कुराकानी भएको थियो । उहाँहरूले दुई मुलुकबीचको गहिरो सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा पनि छलफल गर्नुभएको थियो । रासस     
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १९, २०८३  २०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update