निवर्तमान प्रहरी महानिरीक्षक कार्कीद्वारा सर्वोच्चमा रिट पेस
काठमाण्डू । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आफूलाई गैरकानुनीरुपमा प्रहरी महानिरीक्षकबाट हटाएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस गर्नुभएको छ ।
रिट निवेदन आज पेस भएको भए पनि अध्ययनका क्रममा रहेको र दर्ता हुने वा नहुने विषयमा शुक्रबार छलफल हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।
सरकारले बुधबार कार्कीलाई हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो । उक्त निर्णयविरुद्ध कार्कीले सर्वोच्च अदालतमा रिट पेस गर्नुभएको हो । रासस
प्रकाशित मिति: बिहीबार, कात्तिक १९, २०८३ २१:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
