परराष्ट्रमन्त्री खनालसँग अमेरिकी राजदूतावासकी कार्यवाहक प्रमुख बोल्डिनद्वारा भेट

काठमाण्डू । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाको राजदूतावासकी कार्यवाहक प्रमुख मेगन बोल्डिनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।    
    
 परराष्ट्र मन्त्रालयमा आज भएको भेटवार्तामा नेपाल-अमेरिका सम्बन्धका विविध पक्षबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटका क्रममा दुई देशबीचको सम्बन्ध तथा आपसी हितका विभिन्न विषयमा कुराकानी भएको थियो । रासस   
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १९, २०८३  २१:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update