RayNewsDaily
सुनचाँदीको मूल्यमा ठूलो गिरावट
  • सुन तोलामा आठ हजार ३०० रुपैयाँले घट्यो ।
  • चाँदीको मूल्य तोलामा १७५ रुपैयाँले घट्यो ।
  • सुन प्रतितोला दुई लाख ७२ हजार रुपैयाँ कायम ।

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला आठ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य १७५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ७२ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला तीन हजार ६५० रुपैयाँ निर्धारण भएको छ ।

गत शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ८० हजार ३०० रुपैयाँ र चाँदी तीन हजार ८२५ रुपैयाँमा कारोबार भएको थियो । रासस

प्रकाशित मिति: आइतबार, कात्तिक १५, २०८३  १३:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update