बैतडीमा ४.२ म्याग्निच्युडको भूकम्प, ऐरीगाउँ केन्द्रबिन्दु
बैतडी । बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको छ । आज दिउँसो १ बजेर ६ मिनेटमा भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविज्ञ राजेश शर्माका अनुसार ऐरीगाउँ केन्द्रबिन्दु भएर भूकम्प गएको हो । भूकम्पको धक्का बैतडीसहित सुदूरपश्चिमका पहाडी क्षेत्रमा महसुस गरिएको थियो । रासस
प्रकाशित मिति: आइतबार, कात्तिक ८, २०८३ १४:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
