RayNewsDaily
सुनसरीमा ९१५ किलोभन्दा बढी गाँजासहित चार जना पक्राउ
  • इनरुवाबाट ९१५ किलो ६८० ग्राम गाँजा बरामद ।
  • घरमा खानतलासी गर्दा गाँजा फेला ।
  • चार जना पक्राउ, मोटरसाइकल पनि नियन्त्रणमा ।

सुनसरी । सुनसरीको इनरुवा नगरपालिका-४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित चार जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका सहायक सूचना अधिकारी हेमराज ओलीका अनुसार आज बिहान उक्त टोलस्थित हनुमान मन्दिरनजिक बुलबुल यादवको घरमा खानतलासी गर्दा उक्त परिमाणको गाँजा फेला परेको हो ।

पक्राउ पर्नेमा इनरुवा नगरपालिका-४ का ३६ वर्षीय बुलबुल यादव, २३ वर्षीय सन्तोष यादव र ३० वर्षीय आशिष यादव तथा दुहबी नगरपालिका–१० का २२ वर्षीय कुन्दन यादव रहेका छन् । उनीहरूसँगै एउटा मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: आइतबार, कात्तिक १, २०८३  १५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update