RayNewsDaily
मलेसिया जाने श्रमिकसँग नियमविपरीत शुल्क असुल्ने चार जना पक्राउ
  • स्वास्थ्य परीक्षणका नाममा श्रमिकसँग अतिरिक्त शुल्क असुली ।
  • म्याक्रोटेक प्रालिको नाममा ठगी गरेको आरोप ।
  • ठगी तथा सङ्गठित अपराधको कसुरमा अनुसन्धान ।

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरोले ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कागेश्वरी मनोहरा नगरपालिका-१ का कैलाश खड्का, भक्तपुरको चाँगुनारायण नगरपालिका-९ का रवीन्द्र केसी, गोरखा नगरपालिका-३ का प्रविण तिवारी र सर्लाहीको मलङ्गवा नगरपालिका-४ का रामपुकार तिवारी रहेका छन् ।

मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका क्रममा सरकारले निर्धारण गरेको शुल्कबाहेक अतिरिक्त रकम असुली ठगी गरेको आरोप उनीहरूमाथि छ ।

म्याक्रोटेक प्रालिको नाममा ‘मेडिकल स्क्रिनिङ’ गर्दा नियमविपरीत शुल्क लिई श्रमिकलाई ठगी गरेको पाइएको ब्यूरोले जनाएको छ । रासस

प्रकाशित मिति: बिहीबार, असोज २९, २०८३  १८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update